अष्ट्रेलियाली राजदूतद्वारा मदरसा शहबाजियामा स्रोत केन्द्र उद्घाटन

डिसी नेपाल
१२ मंसिर २०७९ २२:०६
32
Shares

काठमाडौं । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले विराटनगरस्थित मदरसा शहबाजिया माविमा अष्ट्रेलियाली सहयोगमा स्थापना भएको स्रोत केन्द्रको उद्घाटन गरेकी छन् ।

सो अवसरमा उनले सामाजिक समावेशिता अष्ट्रेलियाली विकास क्रियाकलापहरुको आधार भएको बताउँदै इस्लाम धर्मावलम्बी बालबालिकालाई थप सिकाइका अवसरका लागि सहयोग गर्न पाउँदा खुसी लागेको उल्लेख गरिन्

नेपालमा पनि अष्ट्रेलियामा जस्तै विविध जाति, धर्मका समुदायहरू एकापसमा मिलेर बसेका रहेको उल्लेख गर्दै राजदूत भोल्कले शिक्षामा समान पहुँच, सबै क्षेत्रमा समान अवसरहरूले समाजिक मेलमिलापलाई र राष्ट्रिय समृद्धिलाई प्रोत्साहित गर्ने धारणा व्यक्त गरे।

उक्त स्रोत केन्द्रको स्थापना अष्ट्रेलिया अवार्डस् अल्मुना शेहनाज अन्सारीको अगुवाइमा दूतावासको अष्ट्रेलियाली अल्मुनाई पब्लिक डिप्लोमेसी फन्डद्वारा प्राप्त आर्थिक सहयोगमा स्थापना गरिएको हो । यसमा बालबालिकाको पढ्ने बानीको विकास गर्न र विभिन्न संस्कृति र भूगोलका बारेमा बुझ्न सहयोग गर्ने पुस्तकहरूको व्यवस्था गरिएको यहाँस्थित अष्ट्रेलियाली दूतावासले जनाएको छ ।

सो अवसरमा राजदूत भोल्कले एसोसिएसन अफ नेपालिज अल्मुनाई फ्रम अष्ट्रेलिया (आना) का प्रतिनिधि शेहनाजलाई उक्त संस्थामार्फत नेपाल र अष्ट्रेलियाको सम्बन्ध र मित्रतालाई प्रवद्र्धन गर्न सफल भएकामा बधाईसमेत दिएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *