विवाहमा स्लिम देखिन चाहनुहुन्छ ? पिउनुहोस् घरेलु चिया

डिसी नेपाल
१४ मंसिर २०७९ १२:५१
280
Shares

काठमाडौं। मंसिर महिना विवाहको तयारी धेरै नै हुने गर्दछ । विवाहको अवसरमा सबैजना राम्रो देखिन चाहन्छन् । विशेषगरी केटीहरूले विवाहमा लेहेंगा र मेकअपमा धेरै ध्यान दिन्छन्। यदि अनुहार चम्किलो छ तर पेट बाहिर निस्किरहेको छ भने सम्पूर्ण रूप बेकार नै हुने गर्दछ ।

लेहेंगा वा साडीको बीचमा झुण्डिएको पेटले सम्पूर्ण सौन्दर्य बिगार्ने गर्दछ । यदि यस्तो पोशाक लगाउन चाहनुहुन्छ भने बोसो घटाउन आवश्यक हुन्छ। पेटको बोसो घटाउन चाहनुहुन्छ भने तौल घटाउने घरेलु पेय पदार्थ (चिया) लाई आफ्नो खानाको हिस्सा बनाउनुहोस्। सबै बोसो केहि समयमा नै गायब हुनेछ। आउनुहोस् यो चिया कसरी बनाउने र पिउनुका फाइदाहरू के के छन् जानौं।

कसरी बनाउने ? :

तौल घटाउने चिया बनाउनका लागि २ गिलास पानी, ८–१० करी पात, ३–४ ज्वानो, धनियाको दाना, अदुवा, जीरा र अलैंची चाहिन्छ । पहिले पानी तताउने, अब अघि तयार पारिएको सबै सामग्रीहरू तातोपानीमा हाल्ने । ५–६ मिनेटसम्म मज्जाले तताउने। पानी तातेपछि यो चियालाई फिल्टर गरेर बिहान खाली पेटमा पिउने।

वजन घटाउने  चियाको फाइदाहरु:

–ज्वानो, धनियाको दाना र करी पातमा पाइने गुणहरूले पेटको बोसो घटाउन मद्दत गर्छ। यो चिया पिउनाले तौल घट्न थाल्छ ।

–यो पेय औषधीय गुणले भरिपूर्ण छ। यसमा पाइने एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्लेमेटरी गुणले रोग प्रतिरोधात्मक क्षमता बढाउन काम गर्छ । जाडोको दिनमा यो चिया पिउनाले रुघाखोकी जस्ता समस्याबाट बच्न सकिन्छ ।

–यो चिया पदार्थ पिउनाले पाचन सम्बन्धी समस्याबाट पनि राहत मिल्छ । यसमा पाइने पौष्टिक तत्वले पाचन प्रणालीलाई सुधार्ने काम गर्छ । यो चिया खाली पेटमा पिउदा कब्जियत, अपच र एसिडिटी जस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *