मधेशी समुदायबारे जथाभावी बोल्नेविरुद्ध पाँच पानाको उजुरी

डिसी नेपाल
१५ मंसिर २०७९ २०:३३
148
Shares

काठमाडौं । मधेशी समुदायलाई अपमानजनक शब्द प्रयोग गरी जथाभावी बोल्नेलाई कारबाही गर्न मधेशी आयोगले उजुरी दिएको छ । आयोगले मधेशी समुदायलाई अपमानित गर्दै जथाभावी बोल्नेविरुद्ध कारबाही गर्न गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा उजुरी दिएको हो ।

बिहीबार कारबाहीका लागि आयोगले गृह मन्त्रालय र प्रहरीसमक्ष सिफारिस गर्दै सुकुम्बासी जग्गा सम्बन्धी महानगरको कार्यको विरोध गरिएको एक भिडियोमा मधेशी समुदायप्रति अपमानजनक शब्द प्रयोग गरिएको भन्दै कारबाहीका लागि उजुरी दिएको हो ।

‘थापाथलीस्थित सुकुम्बासी जग्गासम्बन्धी महानगरको कार्यको विरोधको क्रममा सामाजिक सञ्जालमा एक व्यक्तिले सम्पूर्ण मधेशी समुदायलाई अपमानित र सामाजिक सद्भाव तथा राष्ट्रिय एकता खलल पार्ने कार्य गरेको हुनाले निजलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्नका लागि आदेशानुसार अनुरोध छ । साथै उजुरी पाँच पानाको यसै साथ संलग्न राखी पठाइएको व्यहोरा अनुरोध छ ।’आयोगले कारबाहीका लागि सिफारिस गरेकोे पत्रमा उल्लेख छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *