विशेष अदालतद्वारा दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश

डिसी नेपाल
२७ साउन २०८३ १७:४४

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको अभियोग लागेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको संयुक्त इजलासले उनीहरूको बयान तथा थुनछेक बहसपछि बुधबार यस्तो आदेश जारी गरेको हो। यसअघि नै सम्पत्ति शुद्धीकरणको अर्को मुद्दामा थुनामा रहेका उनीहरूलाई आज दोस्रो मुद्दाका सम्बन्धमा अदालतमा उपस्थित गराइएको थियो।

पूर्वअर्थमन्त्री विष्णु पौडेलसमेत प्रतिवादी बनाइएको यस सम्पत्ति शुद्धीकरणको दोस्रो मुद्दामा अदालतले पौडेललाई भने साधारण तारेखमा छाड्न आदेश दिएको छ भने भट्ट र अग्रवाललाई भने थुनामा पठाउने निर्णय गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *