एनआरएनएले पशुपति वृद्धाश्रममा न्यानो कपडा वितरण गर्यो
काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पशुपतिको वृद्धाश्रमा न्यानो कपडा वितरण गरेको छ।
गैरआवासीय नेपाली संघको परोपकारी कार्य अन्तर्गत संघका अध्यक्ष डा बद्री केसीले समाज कल्याण केन्द्र पशुपति वृद्धाश्रममा रहेका वृद्धलाई न्यानो कपडा वितरण गरेका हुन्।
अध्यक्ष केसीले संघले पशुपति क्षेत्रमा एक सुविधा सम्पन्न १ सय सैयाको आधुनिक वृद्धाश्रम निर्माणका लागि प्रयत्नशिल रहेको र जग्गा प्राप्त हुनासाथ निमार्ण अगाडी बढाइने जानकारी दिए।
कार्यक्रममा ९४ जना वृद्धवृद्धा र १४ कर्मचरीलाई न्यानो कपडा वितरण गरिएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment