हलचोकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

डिसी नेपाल
१६ मंसिर २०७९ १०:५९
1.1k
Shares

काठमाडौं। काठमाडौंको हलचोकमा सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा धादिङ घर भइ हाल काठमाडौं महानगरपालिका १४ बस्दै आएका ३४ वर्षीय प्रतिक बास्कोटा रहेको प्रहरीले जनाएको छ।

बिहीबार साँझ बा ५ ख ६९५ नम्बरको बस र बा ७८ प २६८७ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा बास्कोटा गम्भीर घाइते भएका थिए।

घाइते भएपश्चात् अस्पताल लगिएका उनको उपचारको क्रममा मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरीले जनाएको छ। हाल बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *