एनएलजी इन्स्योरेन्सले गर्यो लाभांश दिने घोषणा
काठमाडौँ। एनएलजी इन्स्योरेन्स कम्पनीले आफ्नो सेयरधनीलाई लाभांश दिने भएको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। बोनसमा लाग्ने कर तिर्न ०.५२६३१५८ नगद लाभांश दिने प्रस्ताव पनि गरेको छ।
कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ रुपैयाँको १० प्रतिशतले हुन आउने १३ करोड २६ लाख ६१ हजार ४३६ रुपैयाँबराबरको बोनस सेयर र ०.५२६३१५८ प्रतिशतले हुन आउने ६९ लाख ८२ हजार १८१ रुपैयाँबराबरको नगद लाभांश दिने भएको छ।
प्रस्तावित लाभांशमा नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment