एनआरएन इन्फ्रास्ट्रक्चरकले गर्यो लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति तय

डिसी नेपाल
१८ मंसिर २०७९ १२:४८

काठमाडौँ। एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ। यसका साथै बोनसमा लाग्ने कर तिर्नको लागि ०.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि गरेको छ।

उक्त बैठकले प्रस्ताव गरेको लाभांश पारित गर्नको लागि कम्पनीको साधारण सभा र बुकक्लोज मिति पनि तय गरेको छ। कम्पनीको १० औँ वार्षिक साधारणसभा आउँदो पुस २० गते गर्ने तय भएको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार  पुस ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश प्राप्त गर्ने र सभामा सहभागी हुन पाउने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *