सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

डिसी नेपाल
१८ मंसिर २०७९ १५:१६

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सामान्य अंकले बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक २.१६ अंकले बढेर १९६३.२२ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१७ अङ्कले बढेर ३८४.८३ मा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २४३ कम्पनीको ३६ लाख ९४ हजार ८४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ५६ करोड १७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नबिल बैंक शीर्ष स्थानमा छ। यसको आज ९० करोड ८० लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नेस्डो सम्बृद्ध लघुवित्त र तेस्रोमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटा उपसुचकमध्ये ५ वटा उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ। आजको कारोबारमा धौलागिरी लघुवित्त र ओरेन्टल होटलका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, नेस्डो सम्बृद्ध लघुवित्त र नबिल बैंकका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *