निफ्राले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्दै

डिसी नेपाल
२० मंसिर २०७९ १२:२५
80
Shares

काठमाडौँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा ५० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो।

बैंकले ७ वर्षे अवधिको लागि ‘‘निफ्रा उर्जा ऋणपत्र २०८५–८६’ नामक ऋणपत्र जारी गर्न लागेको हो। यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्।

बैंकले जारी गर्ने ऋणपत्रमध्ये ३० लाख इकाइ बैंकले व्यक्तिगत तबरमा बिक्री गर्नेछ। बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ। यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतममा २५ इकाइदेखि अधिकतममा १ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्।

यस ऋणपत्रमा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटलले गर्नेछ। यस ऋणपत्रमा लगानीकर्ताले आउँदो  मंसिर २९ गतेदेखि  पुस ४ गतेसम्म आवेदन दिन पाउने छन्। बैंकले तोकेको अवधिमा आवश्यक अनुसार आवेदन नपरेको खण्डमा पुस १४ गतेसम्म बिक्री खुला गरिनेछ।

यो ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.