अमेरिकासँगको तनावका बीच चीनका राष्ट्रपति सी जिनपिङ साउदी अरेबिया पुग्ने
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले यसै साता साउदी अरबको तीन दिने भ्रमण गर्ने भएका छन् । यस क्रममा उनले विश्वको सबैभन्दा ठूलो तेल निर्यात गर्ने देश साउदी अरेबियाका राजासँग भेट गर्नेछन् ।
आधिकारिक साउदी प्रेस एजेन्सीले जिनपिङ बुधबार त्यहाँ पुग्ने बताएको छ। साउदी अरब र अमेरिकाबीच ऊर्जा नीतिदेखि क्षेत्रीय सुरक्षा र मानवअधिकारलगायतका विषयमा यो भ्रमण हुन लागेको हो ।
विश्वको दोस्रो नम्बरको अर्थतन्त्रको नेतृत्व गर्दै आएका जिनपिङले छ सदस्यीय खाडी सहयोग परिषद्का प्रमुखहरूसँगको शिखर सम्मेलनमा भाग लिनुका साथै यस क्षेत्रसँग चीनको बढ्दो सम्बन्धलाई सुदृढ पार्न मध्यपूर्वका अन्य देशका नेताहरूसँग वार्ता गर्नेछन्।
कोरोनाभाइरस महामारी सुरु भएयता जिनपिङको यो तेस्रो विदेश भ्रमण हो र सन् २०१६ यता उनको पहिलो साउदी अरब भ्रमण हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment