भ्रष्टाचार अभियोगमा अर्जेन्टिनाकी उपराष्ट्रपतिलाई ६ वर्ष जेल

डिसी नेपाल
२१ मंसिर २०७९ १२:०५
76
Shares

व्युनसआर्यस। अर्जेन्टिनाको एक अदालतले उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरलाई भ्रष्टाचार अभियोगमा ६ वर्षको जेल सजाय सुनाएको छ। ६९ वर्षीय फर्नान्डेजलाई सार्वजनिक कामको ठेक्का साथीलाई दिँदा ‘प्रशासनलाई धोका’ दिएको अभियोग लगाइएको छ।

तर, उनले जेल सजाय भोग्ने सम्भावना छैन। फर्नान्डेजले सरकारी भूमिकामार्फत केही उन्मुक्ति पाउन सक्छिन्। उनले लामो अपील प्रक्रिया सुरु गर्ने अपेक्षा गरिएको छ।

उनलाई सार्वजनिक पदबाट आजीवन प्रतिबन्ध पनि लगाइएको छ। तर, उच्च अदालतमा मुद्दा चल्दा उनी उपराष्ट्रपतिको भूमिकामा रहनेछिन् । अभियोजनकर्ताहरूले उनलाई १२ वर्ष जेल सजाय माग गरेका थिए।

फर्नान्डेजले आफूमाथि लगाइएको आरोप राजनीतिक रूपमा प्रेरित भएको बताएकी छन्। फैसला पछि बोल्दै उनले आफूलाई ‘न्यायिक माफिया’ को शिकार भएको बताएको एसोसिएटेड प्रेस समाचार एजेन्सीले जनाएको छ। फैसला गर्नुअघि उनले अभियोजनकर्तालाई झुटो बोलेको र गाली गरेको आरोप पनि लगाएकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *