सर्वोच्च न्यायाधीशहरुको पूर्ण बैठक जारी, प्रस्ताव ‘ट्रान्सफर’ हुने व्यवस्था छैन : संसद्

डिसी नेपाल
२१ मंसिर २०७९ १३:५६
2.1k
Shares

काठमाडौँ। सर्वाेच्च अदालतको पूर्ण बैठक बसिरहेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएपछिको सर्वाेच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बसिरहेको हो।

गत १ फागुनमा जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको बुधबार संघीय संसद सचिवालयले जबरासहित राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषद्लाई पत्र पठाएको छ।

उक्त प्राप्त गरेका जबरा बुधबार नै सर्वाेच्च अदालत हाजिर हुन आउने चर्चा चलिरहेका बेला न्यायाधीशहरुको पूर्ण बैठक बसेको हो।

यसैबीच, संसद सचिवालयले प्रस्ताव ‘ट्रान्सफर’ हुने व्यवस्था नरहेको जनाएको छ।

अघिल्लो प्रतिनिभिसभामा दर्ता भएको प्रस्ताव अर्काे प्रतिनिधिसभा ‘ट्रान्सफर’ हुने व्यवस्था नरहेको सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए । जसकारण जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.