प्रतिनिधिसभातर्फ सात सय ९० पुरुष स्वतन्त्र उम्मेदवारमध्ये पाँच जना विजयी
काठमाडौँ। प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका सात सय ९० पुरुष उम्मेदवारमध्ये पाँच जना विजयी भएका छन्। देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमध्ये पाँच ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका हुन्।
कतिपय राजनीतिक दलका बागी उम्मेदवार स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका छन्। स्वतन्त्र विजयी हुनेहरूमा मोरङ ५ बाट योगेन्द्र मण्डल, सर्लाही ४ बाट अमरेशकुमार सिंह, रौतहट २ बाट किरणकुमार साह, रौतहट ३ बाट प्रभु साह र बर्दिया २ बाट लालवीर चौधरी स्वतन्त्र रूपमा निर्वाचित भएका हुन्।
देशभर महिला पुरुष गरी आम निर्वाचन २०७९ मा आठ सय ६७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए। ७७ जना महिला स्वतन्त्र उम्मेदवारमध्ये सबै पराजित भएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment