माधवकुमार नेपाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता
काठमाडौँ। नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि अमेरिकी राजदूत डीआर थम्पसनबीच भेटवार्ता भएको छ। एकीकृत समाजवादीको मुख्यालयमा बुधबार अध्यक्ष नेपाल र राजदूत थम्पसनबीच भेटवार्ता भएको नेपालको निजी सचिवालयले जनाएको छ।
उक्त भेटवार्ताका क्रममा राजदूत थम्पसनले अध्यक्ष नेपाललाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिएका छन्। साथै अध्यक्ष नेपालले पनि थम्पसनको कार्यकालको सफलताको कामना गरेका थिए। साथै नेपाल र अमेरिकाबीचको सम्बन्धसहितका विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।
हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएका बेला र नयाँ सरकार गठनका लागि दलहरु आ–आफ्नो रणनीति तय गरिरहेका बेला राजदूत थम्पसनको राजनीतिक भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।







डिसी नेपाल







Facebook Comment