अमेरिकी अदालतले जमाल खशोग्गी मुद्दामा साउदी राजकुमारविरुद्धको मुद्दा खारेज गर्‍यो

डिसी नेपाल
२१ मंसिर २०७९ १५:०९
348
Shares

काठमाडौं । अमेरिकी अदालतले साउदी पत्रकार जमाल खशोग्गीको मृत्युको सम्बन्धमा युवराज मोहम्मद बिन सलमानविरुद्ध दायर गरेको मुद्दा खारेज गरेको छ । यो मुद्दा जमाल खशोग्गीकी मंगेतरले दायर गरेको हो ।

वासिङ्टनका संघीय न्यायाधीशले आफ्नो फैसला सुनाउँदै राष्ट्रपति जो बाइडेनले दिएको उन्मुक्ति (छूट)का कारण मुद्दा खारेज गरिएको बताए। अमेरिकी जिल्ला न्यायाधीश जोन बेट्सले भने कि उनी मुद्दा खारेज गर्न हिचकिचाइरहेका थिए तर बाइडेन प्रशासनको निर्णयका कारण कुनै विकल्प बाँकी थिएन।

२५ पृष्ठको फैसलामा न्यायाधीश जोन बेट्सले भने, ‘अदालतको असहजता, मोहम्मद बिन सलमानको प्रधानमन्त्री नियुक्ति र जमाल खशोग्गी हत्यामा उनको संलग्नताको कडा आरोपका बाबजुद अमेरिकी सरकारले अदालतलाई बताएको छ कि उनी इम्युन छन्।”

मोहम्मद बिन सलमानको राज्य प्रमुखको रूपमा नियुक्तिको वरपरको परिस्थितिलाई उल्लेख गर्दै न्यायाधीश जोन बेट्सले भने कि साउदी राजा सलमानले सेप्टेम्बरमा शाही आदेशद्वारा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।

जमाल खशोग्गीको अक्टोबर २०१८ मा इस्तानबुलस्थित साउदी दूतावासमा हत्या भएको थियो। अमेरिकी गुप्तचर अधिकारीहरूले क्राउन प्रिन्सले जमाल खशोग्गीको हत्याको आदेश दिएको विश्वास गर्छन्। यद्यपि साउदी युवराजले यी आरोपहरूलाई अस्वीकार गर्दै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *