चोलेन्द्रको फर्किने अडान र वकिलहरूको रोक्ने हठले तातेको सर्वोच्च परिसर

डिसी नेपाल
२१ मंसिर २०७९ १५:२१
48
Shares

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको संघीय संसद सचिवालयले जबरासहितलाई पत्र दिएपछि अहिले सर्वाेच्च अदालतको गेटमा कानुन व्यवसायी धर्नामा बसेका छन्।

नेपाल बार एसोसिएसनकै नेतृत्वमा कानुन व्यवसायी सर्वाेच्च अदालतमा धर्नामा बसेका हुन्। कानुन व्यवसायीको प्रदर्शनपछि गत १ फागुनमा दर्ता भएको जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको संघीय संसद सचिवालयले बुधबार जबरासहित राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषद्लाई पत्र पठाएको छ।

उक्त पत्र पाएपछि बुधबार नै जबरा हाजिर हुन सर्वाेच्च अदाललत जाने तयारीमा छन्। उनलाई रोक्न सर्वाेच्च गेटमै रोक्न केही कानुन व्यवसायी धर्नामा बसेका हुन्।

एकाएक बुधबार दिउँसोबाट सर्वाेच्च अदालत परिसरमा भिडभाड बढेको छ। १० महिनापछि जबरा सर्वाेच्च आउन लागेका र उनलाई रोक्न कानुन व्यवसायी धर्नामा बसेका छन्। सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.