एमसीडी चुनाबमा आम आदमी पार्टीको बहुमत, भाजपाको १५ वर्षदेखिको सत्ता ढल्यो

डिसी नेपाल
२१ मंसिर २०७९ १६:३०
12.1k
Shares

काठमाडौं । आम आदमी पार्टीले २५० सिट भएको दिल्ली नगर निगमको चुनावमा १३१ सिट जितेर बहुमतको आँकडा छोएको छ । यससँगै दिल्ली नगर निगममा विगत १५ वर्षदेखि रहेको भाजपाको शासनकाल पनि समाप्त भएको छ ।

राज्य निर्वाचन आयोगको अन्तिम नतिजा अनुसार भाजपाको खातामा १०० नगरपालिकाको सिट गएको छ । कांग्रेसले सात सिट जितेको छ भने अन्य तीन उम्मेदवार विजयी भएका छन् ।

सन् २००७ देखि दिल्ली नगर निगमको नेतृत्व भारतीय जनता पार्टीको हातमा थियो। फाइनल नतिजा आउनुअघि नै आम आदमी पार्टीले बीजेपीबाट एमसीडीको सत्ता खोस्ने तस्विर प्रष्ट भइसकेको थियो।

आप कार्यकर्ताहरू पार्टी कार्यालयमा उत्सव मनाइरहेका देखिन्छन् र मुख्यमन्त्री अरविन्द केजरीवालको पक्षमा नाराहरू सुनिन सकिन्छ।

डेढ घण्टाको मतगणनामा बीजेपी ट्रेन्डमा अगाडि थियो तर चाँडै नै हावा आम आदमी पार्टीको पक्षमा रहेको देखियो। आठ बजे मतगणना सुरु हुँदा दुवै क्याम्पबाट जितको दाबी भइरहेको थियो ।

बीजेपीले भनेको छ कि उनीहरू चौथो पटक एमसीडीको नेतृत्व गर्न जाँदैछन् जबकि आप यस पटक मौका पाउने आशावादी थिए। दिल्लीको २५० सिट भएको नगर निगमका लागि डिसेम्बर ४ मा मतदान भएको थियो। निर्वाचनमा १३४९ उम्मेदवारले भाग लिएका थिए भने ५० प्रतिशत मतदाताले मात्रै मतदान गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *