स्पेनमा दुई वटा रेल ठोकिदा १५० जना घाइते
म्याड्रिड। बार्सिलोना नजिकैको एक स्टेसनमा बुधबार एक रेल अर्कोको पछाडि दौडिँदा १५० भन्दा बढी व्यक्ति सामान्य घाइते भएका स्पेनको रेन्फे रेल अपरेटरले जनाएको छ।
दुर्घटनाको समयमा रेल सुस्त गतिमा रहेको जनाइएइको छ। घाइतेमध्ये अधिकांको शरिरमा सामान्य दाग र निलो डाम रहेको जनाइएको छ। घाइेमध्ये ३९ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
बार्सिलोनाबाट करिब १० किलोमिटर (छ माइल) उत्तरमा रहेको मोन्टकाडा स्टेसनमा गुडिरहेको रेलले एक स्थिर रेललाई ठक्कर दिएको एक क्षेत्रीय अग्नि सेवा प्रवक्ताले पत्रकारहरूलाई बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment