चलचित्र ‘सोल अफ द कमान्डो’ को पहिलो गीत सार्वजनिक

डिसी नेपाल
२२ मंसिर २०७९ १०:३६
88
Shares

काठमाडौँ। चलचित्र ‘सोल अफ द कमान्डो’ को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘जिन्दगी को’ बोलको गीत अडियो सार्वजनिक गरिएको हो। अडियो ओएसआर डिजीटलको अफिसियल युट्यृुब च्यानल मार्फत सार्वजनिक गरिएको हो। आगामी शुक्रवार अर्थात् मङ्सिर २३ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको कथा खुल्ने भएकोले अडियो गीत मात्र सार्वजनिक गरिएको निर्माण टिमको भनाइ रहेको छ।

गीतमा राजेश पायल राईको स्वर र सन्तोष दुमी राईको संगीत रहेको छ। गीतको शब्द रचना भने चलचित्रका मुख्य अभिनेता राजकुमार राइको रहेको छ। राजकुमार राईको २४ वर्ष पछि चलचित्र ‘सोल अफ द कमान्डो’ बाट अभिनय क्षेत्रमा पुनरागमन भएको छ। उनले सन् १९९८ मा नेपाली फिल्म ‘कमाण्डो’ मा मुख्य भुमिकाको रुपमा काम गरेका थिए। अहिले पनि उनलाई मुख्य भुमिकामा नै देख्न सकिन्छ।

मिलन राइको कथा र सनम जेबीआर रानाको स्क्रिप्ट रहेको चलचित्र ’सोल अफ द कमान्डो’ मा शिशिर वाङ्ग्देल,नरेन खड्का,शेषुका राई,मिलन राई,रवि थापा,रुपेश झा,पुष्प श्रेष्ठ,सीमा राई,नरेन्द्र लिम्बु,पूर्ण लिम्बु,कमला खापुङ्ग लिम्बु,सुष्मिता लिम्बु,एन्जल राई,टिका राम ठकुरी,सोनीका राईको पनि मुख्य भूमिका रहेको छ।

चलचित्र निर्देशन युवराज (वीरबहादुर) राईले गरेका हुन् भने कार्यकारी निर्माता विजय एल राई हुन्। सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको चलचित्रको निर्मातामा मिलन राई,रवि थापा र धन लिम्बू रहेका छन्। चलचित्रका गीतमा आनन्द राई र सन्तोष दुमी राइको संगीत रहेको छ।

चलचित्रमा छायांकन दिर्घ गुरुङको,सम्पादन नहकुल खड्काको,भिएफ़एक्स सत्यमा राना,कलर जीवन थापा,ट्रेलर बन्दे प्रसाद,बाबु श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक,सिमोन राजबंशीको कोरियोग्राफी,द्वन्द्व निर्देशन एनबी महर्जन र सानु कुमार महर्जनको रहेको छ। प्रोडक्सन मेनेजर विमल धमला र सीमा राईले गरेका हुन्। चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *