युक्रेन युद्धबारे राष्ट्रपति पुटिनले भने– आणविक युद्धको खतरा बढ्दैछ तर हामी पागल छैनौं…
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक युद्धको खतरा बढ्दै गएको बताएका छन् । यद्यपि, उनले यो पनि जोड दिए कि रसिया “पागल होइन” र आणविक हतियारको प्रयोग सुरु गर्दैन।
पुटिनले भने कि उनको देशले परमाणु हतियार आक्रमणको जवाफ दिन मात्र प्रयोग गर्नेछ। रुसको मानवअधिकार परिषद्को वार्षिक बैठकमा उनले युक्रेनमा युद्ध लामो समयसम्म चल्न सक्ने पनि बताए ।
पश्चिमी देशहरू विश्वास गर्छन् कि पुटिनको प्रारम्भिक योजना जतिसक्दो चाँडो युद्ध जित्ने थियो। यस वर्षको फेब्रुअरी महिनामा युक्रेनमा भएको हमलापछि रुसले आणविक हतियारको प्रयोग गर्ने आशंका बलियो हुन थालेको छ ।
पुटिनले आणविक युद्धको सम्भावनाको बारेमा भने, “यसको खतरा साँच्चै बढिरहेको छ, यसलाई लुकाउनु गलत हुनेछ।” उनले कुनै पनि हालतमा रसियाले आणविक हतियार प्रयोग गर्न पहल नगर्ने र आणविक हतियारको भण्डारबाट कसैलाई पनि धम्की नदिने बताए।
पुटिनले भने, “हामी पागल होइनौं, हामीलाई थाहा छ आणविक हतियार के हो।” रुससँग विश्वकै सबैभन्दा आधुनिक आणविक हतियार रहेको पनि पुटिनले बताए ।
अमेरिकालाई निशाना बनाउँदै उनले भने, ‘हामीले हाम्रा आणविक हतियार अरु कुनै देशमा तैनाथ गरेका छैनौं तर अमेरिकाले टर्की र युरोपका धेरै देशमा तैनाथ गरेको छ ।’
गत महिना युक्रेनको खेरसन सहरबाट पनि रुसी सेना फिर्ता भएको थियो । फेब्रुअरीमा भएको आक्रमणपछि रुसी नियन्त्रणमा आएको यो एकमात्र प्रमुख सहर थियो।
यो हप्ता रुसले फेरि युक्रेनको पावर ग्रिडलाई लक्षित गरी मिसाइल आक्रमण सुरु गरेको छ ।







डिसी नेपाल







Facebook Comment