जिप दुर्घटनामा चालकको मृत्यु

डिसी नेपाल
२३ मंसिर २०७९ १०:११
128
Shares

बैतडी। बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउँद रहेका छन् । डडेल्धुराको अनारखोलीबाट घर फर्कने क्रममा साउँदले चलाएको से १ ज ८१६ नम्बरको जिप पाटन नगरपालिका–१० डंसेलीमा गए राति दुर्घटनामा परेको हो । चालकमात्रै रहेको उक्त जिप सडकबाट अन्दाजी एक सय ५० मिटर तल खसेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.