बिग बोसपछि डिप्रेसनमा परिन् हिमांशी

डिसी नेपाल
२३ मंसिर २०७९ १०:३८
828
Shares

मुम्बई। पञ्जाबी अभिनेत्री हिमांशी खुरानाले आफू ‘बिग बोस १३’ बाट बाहिर निस्किएपछि डिप्रेसनमा गएको खुलासा गरेकी छन्। उनले हालै एक अन्तर्वार्तामा यो कुराको खुलासा गरेकी हुन्।

हिमांशी पञ्जाब फिल्म उद्योगकी सुन्दर अभिनेत्री हुन्। पञ्जाबी फिल्ममा नाम कमाएपछि उनी सन् २०१३ मा ‘बिग बोस १३’ को हिस्सा बनेकी थिइन्। शोमा आसिम रियाज उनको मिल्ने साथी बनेका थिए र उनीहरू चाँडै नै प्रेममा परे।

‘बिग बोस’ हाउसबाट बाहिर आएपछि आसिम र हिमांशीले कैयौं भिडियोमा सहकार्य गरिसकेका छन्। उनले हालैमात्र एक पञ्जाबी टक शोमा डिप्रेसनका विषयमा कुराकानी गर्दा आफू डिप्रेसनमा खुलासा गरेकी थिइन्।

‘जब म बिग बोस १३ मा गएँ, त्यो बेला सबैले सोचेका थिए कि अब जिन्दगी बदलिनेछ। तर वास्तविकतामा त्यो थिएन । मैले त्यहाँ यति नकारात्मक कुरा झेलें कि मलाई यसबाट बाहिर निस्कन दुई वर्ष समय लाग्यो। म बिग बोस १३ पछि गम्भीर डिप्रेसनमा गएँ । यसको असर मेरो मुटुमा पर्यो। इभेन्ट र सुटिङमा जानु अघि मलाई पेनिक अट्याक हुन्थ्यो। अफसाना खानको विवाहको समयमा नाँचिरहँदा मलाई मुटुको समस्या देखियो । यसपछि म अस्पताल भर्ना भएँ’, उनले भनेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *