सुनकाे मूल्य एक लाख नाघ्यो

डिसी नेपाल
२३ मंसिर २०७९ १०:४८
400
Shares

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य एक लाख नाघेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३ सय  रुपैयाँ कायम भएको छ।

बुधबार प्रति तोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६ सयले बढेर प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँ कारोबार भईरहेको छ। चाँदीको मूल्य प्रति तोला ३० रुपैयाँले बढेको हो। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भईरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.