रोमान्टिक-कमेडी फिल्म नगर्ने रणवीर कपुरको घोषणा

डिसी नेपाल
२३ मंसिर २०७९ ११:४१
212
Shares

मुम्बई। अभिनेता रणवीर कपूर बलिउडको रोजाइका अभिनेतामा पर्छन्। समय–समयमा आफ्नो अनस्क्रिन अभिनयले उनले लाखौं दर्शकको मन जितिसकेका छन्। दर्शकलाई उनको रोमान्टिक-कमेडी फिल्म निकै मन परेका छन्। यहीकारण उनको यस किसिमको फिल्म हेर्न चाहने दर्शकको संख्या उल्लेख्य छ।

यी अभिनेता चाँडै नै अर्को एक रोमान्टिक कमेडी फिल्ममा देखिँदैछन्। सम्भवतः यस किसिमको फिल्म उनको करियरकै अन्तिम फिल्म हुनेछ । यो कुराको खुलासा स्वयम् रणवीरले गरेका छन्।

‘मलाई थाहा छैन, तर यो सायद मैले गर्ने अन्तिम रोमान्टिक कमेडी हुनेछ। किनकी म बुढो हुँदै गएको छु’, उनले भनेका छन् । रणवीरको नयाँ अनाम रोमान्टिक फिल्मको निर्देशन लव रञ्जनले गरेका छन्। फिल्ममा उनको को–स्टार श्रद्धा कपूर छिन् ।

यो फिल्मबाहेक उनी फिल्म ‘एनिमल’मा पनि देखिँदैछन्। फिल्ममा उनी ग्रे शेडको चरित्रमा देखिनेछन् । फिल्मका निर्देशक सन्दीव वांगा रेड्डी हुन्। रणवीरको अभिनय रहेको पछिल्लो फिल्म ‘ब्रह्मास्त्र’ हिट साबित भइसकेको छ। यसले बक्सअफिसमा २५७ दशमलब ४४ करोड कलेक्सन गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *