सडक चौडा गर्न तानसेन-रिडी खण्ड दैनिक १० घण्टा बन्द रहने

डिसी नेपाल
२३ मंसिर २०७९ ११:४६
96
Shares

बुटवल। तानसेन–रिडी सडक खण्ड बन्द भएको छ। यस सडक खण्डको  सिरुखर्क, माल्मुल क्षेत्रमा चौडा गर्नका लागि विहीबारदेखि सडक बन्द गरिएको हो।

मंसिर २२ गतेदेखि पुस ७ गतेसम्मका लागि दैनिक १० घण्टाका दरले १५ दिनसम्म सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ।

सडक डिभिजन कार्यालय पाल्पाले एक सूूचना जारी गर्दै सडक चौडा गर्नुपर्ने भएकाले बाटो बन्द गरी सडक निर्माण कार्य गरिने जनाएको छ।

सडक निर्माणको समय बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र बेलुका ६ बजेदेखि ९ बजेसम्म सडक बन्द रहने छ।  उक्त क्षेत्रमा सडक बन्द रहे पनि यो सडक खण्ड  हुँदै गुल्मी, बागलुुङ्ग , अर्घाखाँची जाने आउने साना सवारी साधन भने लुहुङ्ग –बतासेडाँडा भएर चल्न सक्ने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *