नेपाली सेनाका पूर्व रथी तथा लेखक महत आफ्नै घरमा मृत भेटिए

डिसी नेपाल
२४ मंसिर २०७९ १७:०८
5.1k
Shares

काठमाडौं । नेपाली सेनाका पूर्वरथी  तथा लेखक बलदेवराज महत मृत अवस्थामा फेला परेका छन्। उनी शनिबार बिहान बुढानीलकण्ठ नगरपालिका-९ सिरडी कोलोनीस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।

उनको मृत्युको कारण खुलिसकेको छैन। उनलाई शुरुमा हम्स अस्पताल लगिएको भएपनि त्यहाँ चिकित्सकले मृत घोषित गरेपछि शिक्षण अस्पताल लगिएको थियो। उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको र पोष्टमार्टम सकिए लगत्तै परिवारका सदस्यहरुले दाहसंस्कारका लागि शव बुझिसकेका छन्।

६२ वर्षीय महतले ५ वर्षअघि नेपाली सेनाबाट अवकाश पाएका थिए। उनका विभिन्न साहित्यिक कृतिहरु समेत प्रकासित रहेका छन्। ‘चिप्ला कुरा’, ‘एकै ड्याङका मुला’, ‘दुवै हातमा लड्डु’,‘कुर्सीको जय होस’, ‘भालुलाई पुराण’, ‘चोरको खुट्टा काट्’, ‘आफ्नो हात जगन्नाथ’, लगायत कृति प्रकाशित छन्। प्रहरीले घटना स्थलबाट कुनै पनि प्रकारको सुसाइट नोट फेला नपारेको जनाएको छ।

महत विगत एक वर्षदेखि डिसी नेपालमा नियमित स्तम्भकार थिए। महतले लेखेका व्यंग्य पाठकले मन पराउने गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *