यी हुन् राप्रपाले आयोगमा बुझाएका समानुपातिक सांसद [सूचीसहित]

डिसी नेपाल
२४ मंसिर २०७९ १९:२८
808
Shares

काठमाडौं। राप्रपाले प्रतिनिधि र प्रदेशसभाको समानुपातिकतर्फका २४ सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ।

राप्रपाले प्रतिनिधिसभातर्फ पशुपतिशमशेर जबरा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बीना लामा, बीना जैसवाल र अनिषा नेपालीको नाम आयोगमा पठाएको हो।

केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा समानुपातिकका केही नाममा विवाद भएपछि सबै टुंगो लगाएर सूची पठाउने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको थियो।

राप्रपाले प्रतिनिधिसभातर्फ ७, प्रदेश सभातर्फ प्रदेश १ मा ४, मधेसमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा १ जना समानुपातिक सांसद छानेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.