भत्किन थाल्यो रवि लामिछानेको पार्टी
समानुपातिक सांसद छनोटमा विधि मिचिएको आरोप
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा असन्तुष्टि चुलिँदै गएको छ । समानुपातिकतर्फ सांसद छनोटमा विधि पद्धति विपरीत चयन गरिएको भन्दै पार्टीभित्र असन्तुष्टि बढ्दै गएको हो ।
रास्वपाले शनिवार निर्वाचन आयोगमा बुझाउँन १३ जना समानुपातिकबाट सांसद चयन गरिसकेको छ । उसले आयोगले तोकेको क्लस्टरभित्र रहेर उम्मेदवार चयन गरेको बताइरहेको छ । तर, उक्त पार्टीका नेता गणेश कार्कीले पार्टीबाट विधि विपरीत समानुपातिकका सांसद चयन गरिएको बताउँदै तीव्र असन्तुष्टि ब्यक्त गरेका छन् ।
उनले पार्टीलाई मत दिइ विश्वास गर्नेहरुप्रति आभार व्यक्त गर्दै आफू पार्टीबाट बाहिरिएका समेत बताएका छन् । वैकल्पिक र पुराना पर्टी भन्दा फरक गर्न खोजिएको तर नसकेको गुनासो गरेका छन् । उनले पार्टी प्रवक्ता मुकुद ढकालले आफूलाई सांसद बन्न रोकेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म नि झण्डै सांसद भइसकेो थिएँ । महामन्त्री तथा पार्टी प्रवक्ता मुकुद ढकालजीले आफ्नो गुरुमालाई गुरुदक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिन नपरेको भए ।’
महिलाको क्लस्टर पूरा भइसकेपछि पनि सांसद बनाउन महिलाको प्रतिनिधिव्त गराउने भन्दै आफ्ना निकटहरुलाई चयन गरिएको उनले आरोप लगाएका छन् । पार्टीमा थिति र विधि बसाल्ने प्रयत्न गरिएको तर नसकिएको बताउँदै उनले यत्रा मानिसहरुले गरेको विश्वासको दुरुपयोगलाई रोक्न नसकेकोमा माफीसमेत मागेका छन् ।
यस्तै रास्वपाबाट समानुपातिकतर्फ समावेशी दलित समूहतर्फ पहिलो नम्बरमा रहेकी कल्पना रोक्काले पनि आफूलाई छनोट नगरी विधि मिचेर अन्यलाई चयन गरिएको भन्दै असन्तुष्टि ब्यक्त गरेकी छिन् । उनले पार्टीकार्यालयमै पत्रकार सम्मेलन गरी विरोध जनाएकी छन् । उनले आफूलाई छनोट नगरी पहिलो र दोस्रो नम्बरमा रहेका पुरुषलाई छनोट गरिएको आरोप लगाएकी छन् ।








डिसी नेपाल







Facebook Comment