एनआरएन इन्फ्रास्ट्रक्चरले डाक्यो पुस २० गते साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौँ। एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले बार्षिक साधारण सभा पुस २० गते बस्ने भएको छ। सभा आन्धपाली ब्यान्क्वेट, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभामा उपस्थित हुन नसक्नेलाई भर्चुअल (जुम) माध्यमबाट पनि सहभागि हुने व्यवस्था गरेको कम्पनीले जनाएको छ।
सभामा गत वर्षको नाफाबाट प्रस्ताव गरेको ५.२६ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव पेश गर्ने भएको छ। साथै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ।
कम्पनीको लाभांश तथा सभा प्रयोजनका लागि पुस ५ गते बुक क्लोज गर्ने भएको छ। यस अनुसार, पुस ४ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment