सेयर बजार राताम्मे, नेप्से परिसूचक ३१.९७ अंकले घट्यो
काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ३१.९७ अंकले घटेर १८८५.३१ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.२८ अङ्कले घटेर ३६७.३६ मा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५३ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १० करोड ३४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा शुभम् सिमेन्ट शीर्ष स्थानमा छ। यसको आज १० करोड ९३ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नबिल बैंक र तेस्रोमा हिमालयन डिस्टिलरीको कारोबार भएको छ।
आइतबारको कारोबारमा १३ वटा उपसुचक घटेको छ । आजको कारोबारमा सिवाईसी नेपाल लघुवित्त र सुमित लघुवित्तको सेयर भाउ १० प्रतिशतले बढेको छ। यी दुई कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, नाडेप लघुवित्त र पाँचथर पावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।







डिसी नेपाल







Facebook Comment