बाराही हाइड्रोपावरमा आईपीओ भर्ने आज अन्तिम दिन

डिसी नेपाल
२६ मंसिर २०७९ ७:४४
64
Shares

काठमाडौं। बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले बिक्री खुलाएको साधारण सेयर (आईपीओ)मा आवेदन दिने सोमबार (आज) अन्तिम दिन रहेको छ। मंसिर २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको थियो।

कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो। जसमध्ये १ लाख ४६ हजार कित्ता सेयर बाँडफाँट गरेको छ । बाँकी रहेको १ लाख ४ हजार कित्ता सेयर र सर्वसाधारणका लागि छुट्याइएको ४ लाख ५० हजार कित्ता सेयर गरी कुल ५ लाख ५४ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

५ प्रतिशत अर्थात २७ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ । त्यसपछि बाँकी रहनेमध्ये २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ बि माइनस प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.