नबिल बैंकको ३ लाख २ हजार ५४५ कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ। नबिल बैंकको ३ लाख २ हजार ५४५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले संस्थापक सेयरधनी हिमालयन क्यापिटल मार्केट्स एन्ड इन्भेस्टमेन्ट प्रालिको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो।
यस सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन्। सेयर खरिद गर्न इच्छुक संस्थापकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्छ।
इच्छुक संस्थापकले आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालयस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिनुपर्नेछ। इच्छुक संस्थापकले आफूले लिन चाहेको सेयर संख्या र प्रतिकित्ता मूल्य खोली शिलबन्दी निवेदन दिनुपर्नेछ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ।







डिसी नेपाल







Facebook Comment