सुनको मूल्य घट्यो, चाँदी स्थिर
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख रुपैयाँ कायम भएको छ।
सोमबार प्रति तोला १ लाख २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला १ लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य स्थिर रहेको छ। सोमबार प्रति तोला १ हजार ३ सय ९० रुपैयाँ कारोबार भईरहे चाँदीको मूल्य सोहि मूल्यमा कारोबार भइरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment