निजी क्षेत्रका समस्या समाधानका लागि सरकार प्रतिबद्ध
काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रका समस्याहरु समाधानका लागि वर्तमान सरकार प्रतिवद्ध रहेको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) साधारण सभामा बोल्दै अर्थमन्त्री शर्माले अर्थतन्त्र सुधारका प्रयास गरिरहेको र नीजि क्षेत्रका समस्या समाधानका पनि सरकारसंगै रहेको बताएका हुन्।
अर्थमन्त्री शर्माले बजेटबाट आयात प्रतिस्थापनलाई मुख्य जोड दिएको भन्दै आयात प्रतिस्थापनमा भइरहेको प्रगति पर्याप्त नरहेको धारणा राखे। राष्ट्रिय उत्पादन वृद्धिको आवश्यकता रहेकाले सबैलाई आयत प्रतिस्थापन गर्नुपर्ने बोध गराउन आवश्यक रहेको उनले बताए। अर्थमन्त्री शर्माले अहिले विभिन्न चुनौती सामाना गर्दै अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको र यसमा राष्ट्र बैकको नीति तथा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको जिकिर गरे।
त्यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुस महिना अलि कठिन रहेको र तरलता सहज बनाउने प्रयास गरिरहेको बताए। उनले अर्थतन्त्र निकै संवेदनशील अवस्था रहेकै कारण एक क्षेत्र सुधार गर्दा अर्को क्षेत्रमा असर देखिएको बताए। गभर्नर अधिकारीले अर्थतन्त्रमा देखिएका सुधार अनुसार पोलिसी रिफर्मको काम पनि भइरहेको जानकारी दिए।







डिसी नेपाल







Facebook Comment