दुई कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट

डिसी नेपाल
२८ मंसिर २०७९ १३:१५
124
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सोमबारको कारोबारमा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र इस्टन हाइड्रोपावरको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो।

यी दुवै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेको छ।  सीवाईसी नेपाल लघुवित्तको सेयर भाउ २ सय २६ रुपैयाँले बढेर २ हजार ४८६ रुपैयाँ २० पैसा पुगेको छ। भने इस्टन हाइड्रोपावरको सेयर भाउ २१ रुपैयाँ ६० पैसाले बढेर १ हजार २ सय ३७ रुपैयाँ ६० पैसा पुगेको छ।

मार्केट डेपमा दुवै कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.