कान्तारा जस्तो फिल्म चाहन्छन् कार्तिक

डिसी नेपाल
२८ मंसिर २०७९ १४:५०
92
Shares

मुम्बई।  अभिनेता कार्तिक आर्यनले हालैमात्र ‘कान्तारा’ जस्तो फिल्म गर्न चाहेको बताएका छन्। उनले आफू स्वदेशी मानिस भएकाले ‘कान्तारा’ जस्ता फिल्म हेर्न र काम गर्न मनपराउने गरेको खुलाए।

‘म जमिनसँग जोडिएको मुद्धासँग सम्बन्धित फिल्ममा अभिनय चाहन्छु। किनकि म आफैं स्वदेशी मानिस हुँ । मेरो रगत नै स्वदेशी छ। मलाई यस्तो फिल्म हेर्न र काम गर्न मजा आउँछ। मेरो इच्छा पनि स्वदेशी कथावस्तुको फिल्ममा काम गर्ने हो’, उनले भनेका छन्।

उनले केही सञ्चारमाध्यममा ‘कार्तिकको युग सुरु भएको’भन्दै समाचार आएकोप्रति खुसी व्यक्त गरेका छन्। ‘यस्तो सफलता देख्दा म खुसी हुन्छु। आगामी दिनमा पनि मेरो फिल्म चलोस र म राम्रो फिल्ममा काम गर्न पाइरहुँ’, उनले भनेका छन्।

हालका दिनमा कार्तिकको करियर निकै सफल बन्दै गएको छ। यसैवर्ष रिलिज उनको फिल्म ‘भूल-भुलैया २’ले बक्सअफिसमा राम्रो व्यापार गर्‍याे। यसबाहेक हालैमात्र ओटीटीमा रिलिज फिल्म ‘फ्रेडी’ले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। आगामी वर्ष उनी फिल्म ‘शहजादा’, ‘क्याप्टेन इण्डिया’, ‘आशिकी २’, ‘सत्यप्रेम की कथा’ आउँदैछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *