सेयर बजार २.६२ अंकले घट्यो

डिसी नेपाल
२८ मंसिर २०७९ १५:२०
52
Shares

काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक २.६२ अंकले घटेर १८९७.०८ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१२ अङ्कले घटेर ३७०.१९ मा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २४६ कम्पनीको २० लाख ८७ हजार ८७६ कित्ता सेयर खरिद बिक्री हुँदा ७२ करोड ७८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नेपाल दूरसञ्चार कम्पनी स्थानमा छ। यसको आज ५ करोड ३९ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा कृषि विकास बैंक र तेस्रोमा नबिल बैंकको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटा उपसुचकमध्ये ५ उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा सिवाईसी नेपाल लघुवित्त र इस्टर्न हाइड्रोपावरको सेयर भाउ १० प्रतिशतले बढेको छ।  यी दुवै कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, पिपुल्स हाइड्रोपावर र किसान लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.