एचआईडीसीएलले गर्यो लाभांश दिने घोषणा, एजीएम पनि आह्वान

डिसी नेपाल
२९ मंसिर २०७९ ११:१९
52
Shares

काठमाडौँ। हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ।  आज बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  साथै, बोनसमा लाग्ने कर तिर्न ०.२६३ प्रतिशत नगद लाभांश दिने भएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड ३८ लाख १३ हजार ३७६ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशतले हुन आउने ५ करोड ५९ लाख ९० हजार १७७.६३ रुपैयाँबराबरको नगद लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल सरकारको स्वीकृतिपछि मात्रै वितरण गरिने कम्पनीले जनाएको छ।

यसैगरी लाभांश प्रस्ताव परि गर्नको लागि वार्षिक साधारणसभा र बुकक्लोज मिति पनि तय भएको छ। ११ औँ वार्षिक साधारणसभा आउँदो पुस २६ गते गर्ने कम्पनीले जनाएको छ।

सभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार पुस १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.