चिनियाँ जासुसी जहाज एक हप्तापछि हिन्द महासागरबाट फर्कियो

डिसी नेपाल
२९ मंसिर २०७९ ११:१२

काठमाडौं । चिनियाँ मिसाइल र स्याटेलाइट ट्र्याकिङ जहाज ‘युआन वाङ ५’ हिन्द महासागरबाट बाहिरिएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार यस चिनियाँ गुप्तचर जहाजसँग धेरै ट्र्याकिङ र निगरानी उपकरणहरू छन् र यो भारतको लामो दूरीको मिसाइल परीक्षणको कथित योजना अघि डिसेम्बर ५ मा हिन्द महासागरमा प्रवेश गरेको थियो।

भारतीय वायुसेनाले यो विमानको आवतजावतमा नजिकबाट नजर राखेको थियो। गत अगस्टमा श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा यो जहाज रोक्ने विषयमा भारत र श्रीलंकाबीच कूटनीतिक विवाद भएको थियो ।

हिन्द महासागरमा यो जहाजको प्रवेश र निकासको बारेमा कुनै आधिकारिक जानकारी दिइएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *