हङकङका प्रदर्शनकारीलाई कुटपिट गरेको आरोपमा चीनले बेलायतबाट ६ कूटनीतिज्ञलाई हटायो
काठमाडौं । बेलायतका विदेश सचिव जेम्स क्लेभरलीले बुधबार म्यानचेस्टरमा रहेको चिनियाँ वाणिज्य दूतावास भित्र प्रजातन्त्र समर्थक हङकङका प्रदर्शनकारीलाई कुटपिट गर्ने काउन्सिल जनरल र अन्य पाँच कूटनीतिज्ञलाई चिनियाँ सरकारले हटाएको बताएका छन् ।
परराष्ट्र, राष्ट्रमण्डल तथा विकास कार्यालयले १४ डिसेम्बरको समयसीमा तोकेपछि उनीहरूको कूटनीतिक उन्मुक्ति समाप्त हुने र बेलायत प्रहरीले उनीहरूसँग सोधपुछ गर्न सक्ने क्लेभरलीले बताए ।
उनले भने, “हाम्रो अनुरोधपछि चिनियाँ सरकारले काउन्सिल जनरललगायत बेलायतका ती अधिकारीहरूलाई हटाएको छ । यसले हामीले नियम–कानुनमा गइरहँदा र यस्ता विषयलाई गम्भीरतापूर्वक लिने कुराले प्रभाव पारेको देखाउँछ । हामी संसारभरको र हाम्रो आफ्नै देशमा कानून पालना गरिरहने छौं र अरूले पनि त्यस्तै गरून् भन्ने अपेक्षा राख्छौं।”
काउन्सिल जनरल जेङ शिउआन बेलायत फर्किइसकेका छन् र अरु पनि फर्कने तयारीमा छन् ।







डिसी नेपाल







Facebook Comment