इरानमा हिजाब बिरोधी प्रदर्शनसँग सम्बन्धित राष्ट्रसंघको प्रस्तावमा भारतले मतदान गरेन

डिसी नेपाल
२९ मंसिर २०७९ १२:२७
124
Shares

काठमाडौं । भारतले बिहीबार इरानमा हिजाब विरोधी प्रदर्शनकारीहरू विरुद्ध भएको कथित अत्याचारमा तथ्य खोजी मिशन स्थापना गर्न संयुक्त राष्ट्र मानव अधिकार परिषद्को प्रस्तावमा मतदान गर्नबाट अलग रह्यो।

सेप्टेम्बर १६ मा इरानमा हिजाबको विरोधमा सुरु भएको विरोध प्रदर्शन अहिले इरानभर फैलिएको छ र सुरक्षा बलहरूले प्रदर्शनकारीहरूमाथि भारी बल प्रयोग गरेको रिपोर्टहरू बाहिर आइरहेका छन्। इरानमा सार्वजनिक मृत्युदण्डको दुईवटा घटना पनि भएका छन्।

यो सबै २२ वर्षीया महिला महसा अमिनीको मृत्युबाट सुरु भयो। अमिनीलाई इरानको मोरालिटी पुलिसले ‘हिजाब राम्ररी नलगाएको’ भन्दै पक्राउ गरेको थियो र हिरासतमै मृत्यु भएको थियो।

एसोसिएटेड प्रेसका अनुसार बिहीबार भएको संयुक्त राष्ट्र संघको बैठकमा जर्मनी र आइसल्याण्डले तथ्य खोजी मिसन स्थापना गर्ने प्रस्ताव ल्याएका थिए जसलाई अमेरिका, बेलायत, फ्रान्स र जापानलगायत २५ देशले समर्थन गरेका थिए।

चीन, पाकिस्तान, क्युवा, इरिट्रिया, भेनेजुएला र आर्मेनियाले ६ देशले यसको विरोध गरेका थिए भने १६ देशले मतदानमा भाग लिएनन् जसमा भारत पनि एक थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *