बिहेमा भयो यस्तो दुर्घटना, हरेक दिन परिवारको कोही न कोही मर्दैछन्, २८ जनाको मृत्यु भइसक्यो

डिसी नेपाल
२९ मंसिर २०७९ १३:२९
100
Shares

काठमाडौं । राजस्थानको जोधपुरमा अलिकति लापरवाहीले यस्तो भयानक दुर्घटनाको रुप लियो कि विवाहको खुसी शोकमा परिणत भयो । सिलिन्डर विष्फोटमा बेहुलाका आमाबुवासहित धेरै आफन्तको मृत्यु भइसकेको छ भने कैयौँ मानिस जीवनको लडाइँमा छन् । घटना पछि हरेक दिन परिवारका कुनै न कुनै सदस्य मरिरहेका छन्।

शेरगढ क्षेत्रको भुङ्ग्रा गाउँमा ६ दिनअघि विवाह समारोहमा खाना पकाउने क्रममा भएको सिलिण्डर विष्फोटको घाउ अझै ताजा छ । यो घटनामा बेहुलाले बाबुआमासहित धेरै आफन्त गुमाएका छन् । आगोमा जलेका कारण शवको अवस्था यस्तो भयो कि छोराले आफ्ना प्रियजनलाई अन्तिम पटक देख्न र मुखाग्नी दिन सकेनन् ।

उक्त दुर्घटनामा बेहुला सुरेन्द्र सिंहका बाबुआमा बाहेक उनकी बहिनी, भतिजा, भान्जा र भान्जीसहित २८ जनाको मृत्यु भएको छ । सुरेन्द्र सिंहको परिवारको अवस्था यस्तो छ कि परिवारका सदस्यको अन्तिम संस्कारमा एकजना दाजु मात्रै उपस्थित छन् भने अन्य सबै अस्पतालमा भर्ना भएकाहेूको सेवामा जुटेका छन् ।

अस्पतालबाट एउटै आवाज पनि आयो भने फेरि कुनै अप्रिय घटनाको जानकारी आयो कि भनेर सुरेन्द्र सिंहका परिवार डराउँछन् । घटनाका सम्बन्धमा जोधपुर ग्रामीणका एसपी अनिल कायलले दुर्घटनामा मृत्यु हुनेमा ९ बालबालिका र ८ महिला र धेरै पुरुष रहेको बताए ।

महात्मा गान्धी अस्पतालमा भर्ना भएका ५ जनाको अवस्था थप गम्भीर रहेको र ३४ जनाको उपचार भइरहेको बताइएको छ । जानकारी अनुसार बुधबार बेहुलाकी आमा धापु कंवरको पनि उपचारका क्रममा मृत्यु भएको थियो भने लोकेन्द्र सिंह, किरण कंवर, धापु कंवर, जसु कंवर, जमुना कंवर र गवरीदेवीको पनि मृत्यु भएको थियो ।

लगातार परिवारका सदस्यको मृत्यु भएपछि मानिसहरु महात्मा गान्धी अस्पतालको प्रतीक्षालयमा तनावमा बसेका छन् । केन्द्रीय जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावतले दिल्ली जानुअघि फेरि एकपटक महात्मा गान्धी अस्पताल पुगेर डाक्टरहरूसँग कुरा गरे र बिरामीको अवस्थाबारे जानकारी लिए।

प्लाष्टिक सर्जन डा रजनीश गाल्भाको नेतृत्वमा चिकित्सकको टोली निरन्तर लागिरहेको महात्मा गान्धी अस्पतालकी डा राजश्री बेहेराले बताइन् । जोधपुर एम्बुलेन्स चालक संघका अध्यक्ष मुकेशले यस दुर्घटनामा परी मृत्यु भएका सबैको शवलाई नि:शुल्क गाउँसम्म लैजाने व्यवस्था मिलाइएको बताए ।

शेरगढका कांग्रेस विधायक मीना कंवर र प्रशासनिक अधिकारीहरूले भुंगरा गाउँमा दुर्घटनास्थलको निरीक्षण गरे। विधायकले आफ्नो निर्वाचन क्षेत्रका सबै सरकारी कर्मचारीलाई आफ्नो एक दिनको तलब पीडित परिवारलाई आर्थिक सहयोग गर्न अपिल गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *