सेयर बजार राताम्मे, १४.४८ अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
२९ मंसिर २०७९ १५:१२
64
Shares

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक १४.४८ अंकले घटेर १८८२.६० बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.१५ अङ्कले घटेर ३६८.०४ मा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५४ कम्पनीको ४८ लाख ४ हजार २७९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व १९ करोड २६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा एनसिसि बैंकको प्रमोटर सेयर स्थानमा छ। यसको आज २२ करोड ८९ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिवम् सिमेन्ट र तेस्रोमा सिवाईसी नेपाल लघुवित्तको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटा उपसुचक घटेर राताम्मे भएको छ। आजको कारोबारमा सिवाईसी रुरु हाइड्रोपावर र इस्टर्न हाइड्रोपावरको सेयर भाउ १० प्रतिशतले बढेको छ। यी दुवै कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, पिपुल्स हाइड्रोपावर र किसान लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.