ट्विटरका पूर्व कर्मचारीलाई साउदी अरबका लागि जासुसी गरेको आरोपमा सजाय

डिसी नेपाल
२९ मंसिर २०७९ १५:५३
20
Shares

काठमाडौं । ट्विटरका एक पूर्व प्रबन्धकलाई साउदी अरबका लागि जासुसी गरेको आरोपमा दोषी ठहर गरिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार, धेरै वर्ष पहिले उनले साउदी अरेबियासँग डाटा साझेदारी गरे र सम्भावित रूपमा प्रयोगकर्ताहरूको पहिचान खुलासा गरे।

उनलाई साढे तीन वर्षको जेल सजाय सुनाइएको अमेरिकी अभियोजकहरूले बताएका छन्।

सान फ्रान्सिस्कोको संघीय अदालतले यस वर्ष अगस्टमा अहमद अबुम्मोलाई दोषी ठहर गरेको थियो।

अभियोजकहरूले अबुम्मोलाई “सामाजिक मिडिया र टेक्नोलोजी उद्योगका मानिसहरूले सामान्य प्रयोगकर्ताहरूको डाटा बेच्न सक्षम नहोउन्” भनेर यो सजाय कडा हुनुपर्छ भन्ने तर्क गर्दै सात वर्ष भन्दा बढीको जेल सजायको माग गरे ।

तर, निर्णायक मण्डलले उनलाई साढे तीन वर्षको मात्रै सजाय सुनाएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *