गुफा भित्र भेटियो २२ सय वर्ष पुरानो खजाना !
काठमाडौं । मरुभूमिमा रहेको गुफाबाट करिब २२ सय वर्ष पुरानो चाँदीको मुद्राको खजाना फेला परेको छ । अब पुरातत्वविद्हरूले यी सिक्काको बारेमा चकित पार्ने खुलासा गरेका छन्। यी सिक्काहरू यहूदी विद्रोहको कथा बताउने प्रमाणका रूपमा धेरै सहयोगी साबित हुनसक्ने बताइएको थियो।
इजरायल पुरातात्विक प्राधिकरणले मङ्गलबार इजरायलको जुडेन मरुभूमिको मुराबा नजिकै काठको बाकसमा १५ वटा चाँदीका सिक्का भेटिएको बताएको छ । सिक्का भेटिएको ठाउँ मृत सागरको धेरै नजिक छ।
पुरातत्वविद्हरूले भने कि म्याकाबियन विद्रोह १६७-१६० ईसापूर्वको बीचमा भएको थियो। यो त्यो समय थियो जब यहूदी योद्धाहरूले सेलुसिड साम्राज्य विरुद्ध विद्रोह गरे। यी सिक्का यो विद्रोहभन्दा १० देखि १५ वर्ष पुरानो भएको पनि दाबी गरिएको छ ।
यी सिक्काको अध्ययन गर्ने टोलीका सदस्य इटान क्लेनले भने, ‘सुरंगमा आफ्नो व्यक्तिगत सम्पत्ति लुकाउन कोही मानिस आएको होला भन्ने सोच्दा रोमाञ्चक महसुस हुन्छ । यो सिक्का गुफामा राख्ने व्यक्ति युद्धमा मारिएको हुन सक्छ। यी सिक्का पाउन हामीले २२ सय वर्ष कुर्नुपरेको थियो ।’
क्लेनले यो खोजलाई ‘बिलकुल अद्वितीय’ भने। साथै, उनले यो पनि दावी गरे कि जुडियन मरुभूमिमा रहेका गुफाहरूले विद्रोहको प्रारम्भिक समयमा वा त्यसभन्दा अघिको समयमा अद्वितीय भूमिका खेलेको हुनुपर्छ।
यद्यपि, एडिनबर्ग विश्वविद्यालयका प्राचीन इतिहासका वरिष्ठ व्याख्याता बेनेडिक्ट एकहार्टले इजरायलको दावीमा फरक दृष्टिकोण राखे। उनले भने कि इजरायलले दावी गरिरहेको छ कि एक शरणार्थीले म्याकाबियन विद्रोहको समयमा यी सिक्का ल्याएको हुनुपर्छ। यो केवल एक सम्भावना हुन सक्छ।
यस वर्षको सुरुमा इजरायल एन्टिक्युटीज अथोरिटीले पनि १५०० वर्ष पुरानो वाइनरी फेला पारेको थियो । यो वाइनरीबाट एक वर्षमा २५ लाख बोतल उत्पादन हुने दाबी गरिएको थियो ।







डिसी नेपाल







Facebook Comment