आफ्नो खातामा अञ्जान व्यक्तिको पैसा आएपछि ६ करोडको सुन किने, अहिले जेल जानुपर्यो
काठमाडौं । र्यापरको खातामा अचानक करोडौं रुपैयाँ आयो । तर उनले बैंकलाई जानकारी नदिई करिब ६ करोड रुपैयाँ खर्च गरे । यस मामिलामा प्रहरीले र्यापरलाई पक्राउ गरी जेल हालेको थियो। यसपछि यो मुद्दा अदालतमा पुग्यो, जहाँ सुनुवाइपछि र्यापरलाई अब १८ महिनाको जेल सजाय सुनाइएको छ । घटना अस्ट्रेलियाको हो ।
यो २४ वर्षीय र्यापरको नाम अब्देल घडिया हो। पश्चिमी सिड्नीको बर्उड स्थानीय अदालतले उनलाई जेल सजाय सुनाएको थियो। वास्तवमा एक जोडीले घर किन्न करिब ६ करोड ७० लाख रुपैयाँ (साढे ७ लाख अस्ट्रेलियन डलर) ट्रान्सफर गरेका थिए । तर गल्तीले अब्देलको खातामा गयो ।
उक्त रकमबाट अब्देलले करिब ५ करोड ८० लाख रुपैयाँ खर्च गरेका छन् । त्यही पैसाले सुन किने, लुगा किने र केही विदेशी मुद्रामा लगानी गरे । अब्देलले मेकअपमा पनि धेरै पैसा खर्च गरेका थिए ।
वास्तवमा तारा थोर्ने र उनका श्रीमान् कोरीले आफ्नो सपनाको घर किन्न कमनवेल्थ बैंक खातामा पैसा तिर्नुपर्ने थियो । तर गल्तीले अब्देलको खातामा पैसा पुग्यो । जसका कारण यति गडबड भयो ।
र्यापर अब्देल स्लिमीको नामले चर्चित छन् । अदालतको सुनुवाइको क्रममा अब्देलले अदालतमा आफूविरुद्ध लगाइएको आरोप स्वीकार गरेका छन् र उनले अक्टोबर २०२३ मा पेरोलको लागि आवेदन दिन सक्छन्।
सोधपुछका क्रममा उनले प्रहरीलाई भनेका थिए कि उनी निद्राबाट उठ्ने वित्तिकै आफ्नो खातामा धेरै पैसा देखे। यही पैसाले उनले सिड्नीको एउटा पसलबाट ४ करोड ९५ लाख रुपैयाँको सुनको बिस्कुट किनेका थिए । त्यसपछि ब्रिसबेनको एक पसलबाट ९१ लाख रुपैयाँको सुन र केही महँगा धातुका सिक्का किने।
अब्देलले युनिक्लोबाट ब्रान्डेड कपडा किनेको पनि अदालतमा खुलासा भएको छ । उनले मेकअपमा पनि धेरै खर्च गरेका छन् । अहिलेका लागि उनलाई जेल पठाइएको छ ।







डिसी नेपाल







Facebook Comment