गाडीको प्रदूषण जाँचका लागि छड्के गर्दै वातावरण विभाग, फेल भए एक लाखसम्म जरिवाना

डिसी नेपाल
१ पुष २०७९ ९:०८
36
Shares

काठमाडौँ। वातावरण विभागले आजदेखि गाडीको प्रदूषण जाँचपासमा कडाइ गर्ने भएको छ। यसअघि छड्के जाँचमा मापदण्डभन्दा धेरै प्रदूषण फ्याँकेको पाइए मर्मत गरेर प्रदूषण जाँचपास गराउन निर्देशन दिइँदै आइएको थियो।

तर, आजदेखि वातावरण संरक्षण ऐन ०७६ को दफा ४१ को उपदफा २ मा मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीलाई एक लाखसम्म जरिवाना हुने वातावरण विभागका प्रवक्ता शंकर पौडेलले जानकारी दिए। उनका अनुसार प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले छड्के जाँच गर्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *