४ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
१ पुष २०७९ १०:३३
44
Shares

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ।

बिहिबार प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले घटेर प्रति तोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँ रहेको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको छ। बिहिबार चाँदी प्रति तोला १ हजार ३ सय ८० रुपैयाँ कारोबार भईरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.