आजको तरकारी तथा फलफूलको मूल्य

डिसी नेपाल
१ पुष २०७९ १०:४९
80
Shares

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ। जसअनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, हरियो अंगुर १९० रुपैयाँ रहेको छ।

अदुवा ५६ रुपैयाँ ६७ पैसा, नेपाली ठूलो गोलभेंडा ५५ रुपैयाँ, अनार २७५ रुपैयाँ, अमला ६६ रुपैयाँ ६७ पैसा, अम्बा १४० रुपैयाँ, एभोकाडो २७५ रुपैयाँ, नेपाली सुन्तला ११६ रुपैया, रातो आलु ५१ रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, कागती १०५ रुपैयाँ, किवी १८३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी २९० रुपैयाँमा किनबेच भइरहेको छ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, गुन्दुक ३२५ रुपैयाँ, टनेल गोलभेंडा २८ रुपैयाँ ८० पैसा, राजमा घिउ सिमी १०५ रुपैयाँ, घिरौँला ८६ रुपैयाँ ६७ पैसा, चम्सुरको साग ९६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ७६ रुपैयाँ ६७ पैसा, लोकल परवल ६५ रुपैयाँ, भारतीय सुकेको प्याज ४५ रुपैयाँ २५ पैसा र हरियो धनिया ५० रुपैयाँ कायम रहेको समितिले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.